अन्डरवर्ल्ड डन दाउदको किन फैलियो एकाएक मृत्युको खबर?

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम केही वर्षदेखि पाकिस्तानमा लुकेर बसिरहेका छन्। उनी भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीका सर्वाधिक खोजिएका अपराधी हुन्।

आधिकारिक रुपमा पुष्टी हुन नसके पनि दाऊद इब्राहिमको कोरोना सङ्क्रमणका कारण पाकिस्तानमा मृत्यु भएको समाचारले शुक्रबार भारतमा सनसनी मच्चाएको छ।

स्रोतको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले दाउद र उनकी श्रीमती महजबीनको कोरोना भाइरसबाट मृत्यु भएको दाबी गरे।

भारतीय गुप्तचार निकायलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले दाउद कोरोना सङ्क्रमित भएसँगै उनको मृत्यु भएको आँकलन गरेका छन्। दाऊद इब्राहिमका बारेमा यसअघि पनि आइरहने विभिन्न समाचारहरुको आधिकारिक पुष्टी हुन भने गाह्रो हुने गरेको छ।

दाउदका भाइ अनीस इब्राहिमलेसमेत कोरोना संक्रमितका समाचारहरु हल्ला भएको बताएका छन्।

यता गुप्तचर एजेन्सीहरूले दाउद र उनकी श्रीमती कोरोना संक्रमित भई पाकिस्तानको कराँची अस्पतालमा भर्ना गरिएको बताएका छन्। एजेन्सीहरूका अनुसार दाउदका सहयोगीसमेत क्वारेन्टाइनमा बसेका छन्।

यसअघि  मीडिया रिपोर्टहरुमा दाऊद र उनकी पत्नी कोरोना संक्रमित भएको र उनीहरूको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको बताइएको थियो। उनीहरु दुबैको अवस्था गम्भीर रहेको उल्लेख गरिएको थियो। दाउद सङ्क्रमित भएको र उनको मृत्यु भएको समाचारहरुको हालसम्म कुनै पुष्टी भने हुन सकेको छैन।

अन्डरवर्ल्ड डन दाउदले पाकिस्तानमा शरण लिइरहेको भारतीय गुप्तचर एजेन्सीको बारम्बार दावी गरिरहेको छ। यद्यपी, पाकिस्तानले यसलाई अस्वीकार गरिरहेको छ। सञ्चारमाध्यमका अनुसार दाउद कराँचीमा पाकिस्तानी सेना र आईएसआईको कडा सुरक्षाकाबीच बसिरहेका छन्।

दाउद मार्च १९९३ को मुम्बई बम बिष्फोटनका मास्टरमाइन्ड हुन्। मुम्बई बिष्फोटनपछि उनी भारतमा छैनन्। खाडी देश र पछिल्लो समय पाकिस्तानमा शरण लिइरहेका छन्।

प्रकाशित मिति: : 2020-06-06 20:48:22

प्रतिकृया दिनुहोस्