ईश्वरी राई (इशु)
हिजोआज केबल आलेमगरको दैनिकी निकै व्यस्त छ। मिरमिरे उज्यालो नहुँदै उनको मोबाइल फोन बज्न थाल्छ।
फोन उठाउन नपाउँदै कसैले सामान पुर्याइदिन आग्रह गर्छ, त कसैले आफूलाई गन्तव्यसम्म पुर्याइदिन बोलाउँछन्।
उनी पेशाले 'पठाओ' चालक हुन्।
पठाओ चलाउन थालेको जम्मा सात–आठ महिना मात्रै भयो। तर, यति छोटो समयमै उनले धेरै यात्रुको विश्वास जितिसकेका छन्।
नम्र बोली, हँसिलो मुहार र इमानदार व्यवहारका कारण धेरैले उनलाई आफ्नै नियमित राइडर बनाएका छन्।
बिहानदेखि बेलुकासम्म उनी यात्रु र सामान ओसारपसारमै व्यस्त हुन्छन्। कामको चाप धेरै छ, तर अनुहारमा सन्तुष्टिको मुस्कान पनि उत्तिकै देखिन्छ।
तर, आज सबैको भरोसाका पात्र बनेका केबलको जीवन कुनैबेला यति सहज थिएन।
आजभन्दा ठीक चार वर्षअघि उनको संसार बिल्कुलै फरक थियो।
त्यतिबेला उनको बिहान ड्रग्स खोज्दै सुरु हुन्थ्यो र साँझ अर्को डोजको खोजीमै बित्थ्यो।
कुलतको अन्धकारमा डुबेका केबलका लागि परिवार, आफन्त, साथीभाइ र भविष्यभन्दा पनि सबैभन्दा ठूलो कुरा एउटै थियो–लागुऔषध।
एउटा डोजका लागि उनले परिवारसँग झगडा गरे। साथीभाइसँग कुटपिट गरे।
प्रहरी चौकी र सुधार केन्द्र त उनका लागि घरजस्तै भइसकेका थिए।
अरूको देखासिकीमा सुरु भएको कुलतले उनलाई झन्डै १५ वर्षसम्म आफ्नो कैदी बनायो।
ड्रग्सको लतमा पर्दा आफूले के–के गरे भन्ने सबै कुरा आज उनलाई सम्झना छैन। तर, यति भने राम्रोसँग थाहा छ—लागुऔषधका लागि उनले गर्न नहुने धेरै काम पनि गरे। ती दिनहरू सम्झँदा आज पनि उनी पछुतो मान्छन्।
अब भने उनी त्यो गल्ती कहिल्यै दोहोर्याउन चाहँदैनन्। बाँकी जीवन परिवारलाई खुसी राख्न चाहन्छन्।
तर, झन्डै डेढ दशकसम्म कुलतको दलदलमा फसेका केबल आखिर कसरी त्यसबाट बाहिरिए? के यस्तो घटना भयो, जसले उनको जीवन नै बदलिदियो?
हेर्नुहाेस् भिडियाेः–
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया