बुधबार, २० अगस्ट २०२५

कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उड्यो, दाेस्राेमा आउनेकाे स्वास्थ्य परीक्षण हुँदै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

कुवेतबाट नेपाली महिला कामदार लिएर पहिलो जहाज उडेको छ। कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार बिहानको ४ बजे काठमाडौंका लागि उडेको हो।

कुवेतले बिहीबार बिहान दुईवटा जहाजमार्फत नेपाली महिलालाई नेपाल पठाउन लागेको हो। कुवेतले पहिलो उडान बुधबार हुन नसकेपछि बिहीबार बिहानैबाट नेपालीलाई पठाइएको हो।

दोस्रो उडानमा आउने यात्रुको कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण र चेक इन गर्ने काम सुरु भएको छ।

बिहीबार दुई वटा जहाजमा गरी ३ सय जना नेपाली महिला रहेका छन्। उनीहरुलाई आर्दिया क्याम्प र जिलिप डिपोर्टेसनमा राखिएको थियो। जिलिप डिपोर्टटेसनमा ७० जना थिए। उनीहरु सबै कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत थिए।

कोभिड– १९ संकट व्यवस्थापन समितिले कुवेतबाट पहिलो उडान गर्नको लागि मंगलबार अनुमति दिइएको थियो। कुवेतले बिना जरिवाना स्वदेश फिर्कन पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुई वटा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो। 

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ जना रहेका छन्। जसमा पुरुष एक हजार ६ सय ८८ जना र महिला एक हजार ३ सय ३ जना छन्।

यी सबै नेपालीलाई नेपाल ल्याउनको लागि कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ। तर सबैलाई एकैपटक नेपाल ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन।

बिहिबार, जेठ २९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)