यी हुन् सरकारले अझै सञ्चालनमा रोक लगाएका १३ क्षेत्र (भिडियो)

सरकारले लकडाउन केही खुकुलो पार्ने मोडालिटी सार्वजनिक गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार खोल्न नमिल्ने क्षेत्रमा शैक्षिक संस्थादेखि खेलकुद मैदान हुँदै शैलुनसम्म परेका छन्। 

सञ्चालन नगर्नु भनेका १३ क्षेत्र 
-शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र), 
-अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान,
-तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
-सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार, 
-सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,
-सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,
-सार्वजनिक पुस्तकालय, सग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,
-स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
-सपिङ महल, 
-समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, 
-सबै धार्मिक तथा सार्वजनिक स्थलहरू

प्रकाशित मिति: : 2020-06-11 18:21:18

प्रतिकृया दिनुहोस्