शुक्रबार, १५ अगस्ट २०२५

पर्वतमा पहिरोले दुई घर बगाउँदा तीन जनाको मृत्यु, ६ बेपत्ता

News Image
• • •

पर्वतमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

कुश्‍मा नगरपालिका-३ दुर्लुङमा गएको पहिरोमा परी मृत्यु हुनेमा कुश्मा- ३ काफलचौरका ५२ वर्षीय तुल बहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनकुमार थापा र उनकी नातिनी ८ वर्षीय बिबिसा थापा रहेको प्रहरीले जनाएको छ ।

उक्त पहिरोमा परी दुई वटा घर पुरिए छन् भने एउटा घरमा क्षति पुगेको छ । शनिबार साँझदेखि परेको वर्षाका कारण राति ९: ०५ बजे अचानक पहिरो गएको थियो । 

आइतबार, जेठ ३२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)