बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्यालीका लागि अदालतको तर्फबाट स्वीकृति पाएका छन्। ट्रम्पले शनिबार ब्यांक अफ ओक्लोहोमा सेन्टरमा चुनावी र्याली गर्दै छन्।
कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्याली रोक्न माग गरी मुद्दा दायर भएको थियो। त्यसमा सुनुवाई गर्दै ओक्लोहोमाको सर्वोच्च अदालतले र्यालीका लागि अनुमति दिएकाे हाे।
ट्रम्पको चुनावी अभियानले र्यालीमा सहभागी हुनका लागि १० लाख भन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको बताएको छ। त्यहाँको क्षमता १९ हजार मानिस अट्ने रहेको छ।
कोरोना भाइरसको संक्रमण ओक्लोहोमामा बढ्दो क्रममा रहेको छ।
राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्प चुनावी मैदानमा छन्। आगामी नोभेम्बरमा हुने चुनावमा उनले सामना डेमोक्रेटिक पार्टीका नेता जोय बाइडेनसँग हुँदैछ।
ट्रम्पले आफ्नो चुनावी र्याली संक्रमण बढ्दो क्रममा रहेको आफ्नो क्षेत्रमा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन्।
तर ट्रम्पले कोरोना संक्रमणका लागि कस्तो प्रकारको सावधानी अपनाइन्छ भन्ने बारेमा केही बताएका छैनन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया