बिहिबार, २१ अगस्ट २०२५

दिल्ली कोरोना नियन्त्रणभन्दा बाहिर, एकै दिन ३ हजार बढी संक्रमित

बिएल संवाददाता

बिएल संवाददाता

नयाँ दिल्ली
News Image
• • •

राजधानी नयाँ दिल्ली दिन प्रतिदिन कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै गइरहेको छ। धेरै सर्तकता अपनाए पनि दिल्लीमा कोरोना नियन्त्रणमा आउनेभन्दा झन् बढी फैलिदै गएको छ। यसको एउटा उदाहरण शुक्रबार एकै दिन ३ हजारभन्दा बढी दिल्लीवासीमा संक्रमण देखिनु र ६६ जनाको निधन हुनुलाई मान्न सकिन्छ। 

दिल्ली स्वास्थ्य विभागले शुक्रबार जारी गरेको बुलेटिनमा ३ हजार १ सय ३७ संक्रमणको नयाँ घटना देखिएको छ। दिल्लीमा संक्रमितको संख्या ५३ हजार १ सय १६ पुगेको छ भने मृतकको संख्या ३ हजार १ सय ३७ नाघेको छ। स्वास्थ्य विभागका अनुसार स्वास्थ्य लाभ गर्नेको संख्यामा सुधार भएपनि संक्रमण नियन्त्रणमा आइसकेको छैन। हाल ४२ दशमलव ६९ प्रतिशतले सुधार भएको छ। 

भारतमा शुक्रबार मात्र १३ हजार ५ सय ८६ नयाँ संक्रमित देखिएका थिए। यस्तै ३ सय ३६ जनाको निधन भएको थियो। हालसम्म भारतभरि ३ लाख ८० हजार ५ सय ३२ कोरोना संक्रमित देखिएका छन्। यस्तै, मर्नेको संख्या १२ हजार ५ सय ७३ पुगेको छ।

शनिबार, असार ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)