बिएल संवाददाता
विश्व कप २०१८ क्रिकेटमा बंगलादेश नेतृत्व गरेका पूर्वकप्तान मशरफे मोर्तजामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
माेर्तजाका कान्छो भाइ मोर्सलिनका अनुसार उनी घरमा अलग्गै बस्ने गरेका छन्। मोर्सोलिनले भने,‘पछिल्लो केही दिन उनी स्वस्थ छैनन्, त्यसैले परीक्षण गरियो। नाजिता आएपछि उहाँमा कोरोना संक्रमण भएको थाहा पाएँ।’
बंगलादेशका सबैभन्दा सफल खेलाडीमध्ये एक रहेका मोर्तजा पनि सांसद हुन्। २०१८ मा सम्पन्न आम चुनावमा उनले नरेल–२ सीटमा ९६ प्रतिशत मत प्राप्त गरी एकतर्फी जीत हासिल गरे। उनी प्रधानमन्त्री शेख हसीनाको नेतृत्व रहेकाे अवामी लिगका नेता हुन्।
कोरोना भाइरसको कारण मार्चदेखि क्रिकेट गतिविधिहरू ठप्प हुनु अघि नै मोर्तजाले कप्तानबाट राजीनामा गरे। आफ्नो क्यारियरमा ३६ टेस्ट, २२० एक दिवशीय र ५४ टी -२० खेल खेलेका छन्। उनी काेराेना भाइरस संक्रमित हुने बंगलादेशका तेस्रो क्रिकेटर हुन्, यसअघि भूतपूर्व क्रिकेटर नफिश इकबालमा पनि काेराेना पाइएकाे थियाे।
यस्तै यही महिना बंगलादेशका प्रथम श्रेणी क्रिकेट आशिकुर रहीम पनि कोरोनाबाट संक्रमित भए। यी बाहेक पाकिस्तानका पूर्वकप्तान शाहिद अफरीदी पनि कोरोना संक्रमित हुन्। अफ्रिदीको स्वास्थ्य सुधार हुँदैछ र उनी छिटै बाहिर आउनेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया