बिएल संवाददाता
पाकिस्तानी क्रिकेट टिमले यसै महिना इंग्ल्याण्डको भ्रमण गर्दैछ। यसका लागि पाकिस्तानी खेलाडी अभ्यासमा जुटिरहेको बेला पाकिस्तान क्रिकेट बोर्डले खेलाडीको कोरोना भाइरस टेस्ट पनि गरेको छ। आइतबार रावलपिण्डी रंगशालामा ५ खेलाडीको कोरोना टेस्ट सम्पन्न भएको पाकिस्तानी अखबारले जानकारी दिएका छन्।
२४ जुनमा लाहौरमा सबै खेलाडी एकजुट हुँदैछन्, जहाँबाट टिम केही समयपछि म्यानचेस्टरतर्फ लाग्ने छ। यसअघि सबै खेलाडी तथा भ्रमण दलका सदस्यहरूको कोरोना टेस्ट हुने बताइएको छ। आइतबार रावलपिण्डीमा हारिस रउफ, उस्मान सिनवारी, हैदर अली, सादाब खान र इमाद वसिमको कोरोना टेस्ट भएको थियो। बाँकी खेलाडीको २२ जुनमा लाहौर, कराची र पेशावरमा हुने बताइएको छ।
बोर्डले परीक्षणको रिपोर्ट २५ जुनमा आइपुग्ने र पोजिटिभ भएका खेलाडीलाई घर फकाउने बताएको छ। बोर्डले कोरोना टेस्ट दुई पल्ट हुने स्पष्ट पारेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया