पहिलोपल्ट ५ हजारमाथि उचाईको सीमा नाकामा सशस्त्रको गस्ती (भिडियो)

चीनसँग सीमा जोडिएको हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा स्थापना भएको सशस्त्र प्रहरी बलले जंगे पिल्लर २० देखि लगातार २४सम्म नियमित गस्ती थालेको छ।

टोलीले कोरला नाकाको ५ हजारभन्दा माथि उचाईमा रहेको २०, २१, २२,२३ र २४ नम्बरको पिल्लरमा सशस्त्रले नियमित गस्ती सुरू गरेको हो।

लगत्तै पिल्लर नम्बर १७, १८ र १९ पनि गस्ती गर्ने बिओपीका सशस्त्र प्रहरी निरीक्षक डम्बर बहादुर श्रेष्ठको जानकारी दिए।

श्रेष्ठको नेतृत्व गएको टोलीले सीमा नाकाको अवलोकन गरेको थियो। अब भोलिदेखि हुने थप पिल्लरको अवलोकनका लागि कठिन बाटो पार गर्दै सीमा पुग्ने सशस्त्रको योजना छ।

मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमानथाङ गाउँपालिकाका पिलर नं १८ देखि पिलर नं ३३ सम्म गरि १५ पिलर चीनसँग जोडिएको सीमानामा पर्छन्।

स्थायी पूर्वाधार तयार नहुँदासम्म सीमादेखि १४ किमी वरै रहेको नेचुङ भन्सार कार्यालयको भवनमा बसिरहेको छ। बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर आवश्यक बजेटसमेत विनियोजन भइसकेको छ ।

बिओपी स्थापना लगत्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा चीन सरकारले सशस्त्र प्रहरी बललाई बन्दोबस्तीका सामाग्रीहरू जेनेरेटर, लत्ताकपडा, जुत्ता, चुल्हो, स्वास्थ्य सामाग्री दिएको थियो।

कोरला नाकाको दशगजा नजिकै नेपालतर्फ भन्सार र क्वारेन्टिन भवन निर्माणका लागि एक हजार रोपनी जग्गाको व्यवस्थापनसमेत भएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए। उनले यसै आवमा भन्सार कार्यालय पनि बनाइने बताए।

हेर्नुहोस् तस्बिरमा

प्रकाशित मिति: : 2020-06-23 14:38:00

प्रतिकृया दिनुहोस्