बिएल संवाददाता
मोहम्मद हाफिज र वहाब रियाजसहित इंग्ल्याण्ड भ्रमणमा निस्किने पाकिस्तानी क्रिकेटरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पाकिस्तानका १० खेलाडी संक्रमित भएका छन्।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले मंगलबार गरेको पुष्टी अनुसार कासिफ भट्टी, मोहम्मद हसनैन, फखर जमान, मोहम्मद रिजवान, इमरान खान, हफिज र रियाज पनि समावेश छन्। सोमबार सादाब खान, हैदर अली र हारिस राउफमा पनि पोजेटिभ देखिएको थियो।
पीसीबीका सिइओ वसिम खानले पत्रकार सम्मेलनमा भने, ‘राम्रो अवस्था छैन। पोजिटिभ देखिएका १० खेलाडी नै फिट र युवा क्रिकेटर हुन्। यी खेलाडी पनि कोभिड–१९ को शिकार हुन्छन् भने अन्यलाई पनि हुन सक्छ।’
वसिमले सहयोगी स्टाफका सदस्य मालिसिया मलंग अली पनि कोरोना संक्रमित छन्।
उनले खेलाडीहरू लाहौरमा एकत्रित हुने र २५ जुनमा पुनः परीक्षण गरिने बताएका छन्। उनले यसपछि अर्को टिमलाई पनि तयारी अवस्थामा राखिने जानकारी दिए। अघिल्लो महिना पाकिस्तानले इंग्ल्याण्डसँग क्रिकेट खेल्दैछ। यसका लागि २८ जुनमा टिम बेलायत प्रस्थान गर्दैछ। वसिमले भने, ‘यो चिन्ताको विषय हो। हामीसँग समय छैन।’
इंग्ल्यान्ड भ्रमणका लागि २९ सदस्यीय खेलाडी छानिएका थिए। यसमा एक चौथाई खेलाडी कोरोना संक्रमित भएपछि इंग्ल्यान्ड भ्रमणमै खतरा देखिएको छ।
पाकिस्तानमा कोरोनाका ८५ हजार ३४ मुद्धा छ। मंगलबार मात्र यहाँ १ सय ५ जनाले ज्यान गुमाएका थिए
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया