बिहिबार, १४ अगस्ट २०२५

स्वयम्भूबाट २४ किलाे बुद्धचित्तसहित एकजना पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बडेगालबाट अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित एकजना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टाेलीले २४ केजीसहित आइतबार दिउसो उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही स्थानका सरोज तिम्सिना रहेका छन्।

प्रहरीका अनुसार उनका साथबाट ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी बदामद गरिएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आइतबार, असार १४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)