
नेपालमा असार पन्ध्र गतेलाई धान दिवस मनाउने चलन चलाइएको छ । दुर्लभ तथा विशेष घटना वा वस्तुका नाममा दिवस, पर्व वा समारोह अयोजना गरेर त्यसको विविध पक्षबारे सर्वसाधारणलाई जानकारी गराउने चलन छ । सन् असीको दशकसम्म नेपालले मनग्गे धान निर्यात गर्थ्यो, त्यसपछि आयात गर्ने गरेको छ । आधुनिक नामको विकासले नेपालमा धानको विस्तारलाई संकुचित पारेको छ । जमिन अतिक्रमित भएको छ, पानीका मुहान सुकेका छन्, वातावरण बिग्रेको छ भने कृषि श्रमिकको अभाव खड्किन थालेको छ । धान खेतीका लागि काठमाडौं उपत्यका र तराईको भूभाग उपयुक्त छन् तर तराईमा डुबानको चर्को समस्या थपिएको छ भने काठमाडौं उपत्यकामा घरहरूको जङ्गलले जमिन नासिएको छ ।कृषि प्रधान भनिने देशमा सिंचाइ र मलखादको समस्या नै टाउको दुखाइको विषय बनेको छ । कृषिलाई जिउने अधार बनाउने कृषकहरूलाई धान दिवस मनाउने चटारो देखिन्न । किनभने कृषि किसानको दिनचर्या हो । उनीहरूमा संगालिएर रहेको पीडाको बोझलाई दिवसको हर्षले हलुङ्गो बनाउन पनि सक्दैन तर शहरमा कोच्चिएका सुकिलाहरुलाई भने धान दिवस मनाउन निक्कै चटारो देखिन्छ । सभा, सम्मेलन र प्रदर्शन गरेर सामाजिक संजालमा पोष्ट गर्ने, समाचारमा छाउने क्रम बढेको छ जसको कृषि उत्पादकत्वसँग कुनै साइनो छैन । खाद्य सुरक्षाका हिसावले धान जति महत्वपूर्ण छ त्यो भन्दा धेरै असुरक्षित हुनपुगेको छ । समय सापेक्ष सुरक्षाका उपाय नअपनाउने हो भने धान त लोप हुनसक्छ, त्यसअतिरिक्तखाद्यवस्तुको अभावलेमानिसको अस्तित्व पनि संकटमा पर्न सक्छ ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया