शुक्रबार, १५ अगस्ट २०२५

भारतका पूर्वसेना प्रमुखको खुलासाः चिनियाँ टेन्टमा रहस्यमय आगो लाग्दा झगडा सुरु

News Image
• • •

केन्द्रीय मन्त्री तथा भारतका पूर्वसेना प्रमुख विजयकुमार सिंहले चिनियाँ टेन्टमा शंकास्पद रूपमा आगो लागेका कारण १५ जुनमा लद्दाखको गलवान उपत्यकामा भारत–चीनका सेनाबीच झड्प भएको दावी गरेका छन्। 

सिंहले चिनियाँ टेन्टमा आगो लागेको हुनाले सेनाहरू बीच हिंसात्मक घटना भएको र जसमा भारतीय सेनाको १६ बिहार रेजिमेन्टका कमाण्डर कर्नेल सन्तोष बाबुसहित २० भारतीय सैनिकको निधन भएको बताए। 

भारतीय पक्षले यो घटनामा ४० चिनियाँ सेना मारिएको दावी गरेपनि चीनबाट कुनै आधिकारीक पुष्टी भएको छैन। 

भारतीय समाचार संस्थाले वीके सिंहको भनाई उध्रृत गर्दै भनेका छन्, ‘दुबै देशका सेना पेट्रोलिङ प्वाइन्ट–१४ बाट पछाडि हट्ने सहमति भएको थियो। यसै कारण कर्नेल सन्तोष बाबुको नेतृत्वमा भारतीय सेनाको एक समूह पीपी–१४ मा पुगेको थियो। त्यहाँ उनीहरूले चिनियाँ सेनाको टेन्ट यथावत देखेपछि हटाउन आग्रह गरेका थिए। यही कुरालाई लिएर दुबै बीच बादविवाद भएको थियो। सामान्य मुक्कामुक्की पछि चिनियाँ सेनाले टेन्ट हटाउन लागेको बेला रहस्यमय ढंगले उनीहरूको टेन्टमा आगो लाग्यो। यसपछि हिंसक झड्प भएको थियो। जसमा २० भारतीय सेनाले ज्यान गुमाए।’

सोमबार, असार १५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)