बिहिबार, १४ अगस्ट २०२५

चिर्पटले हानेर श्रीमान्‌को हत्या

बिएल संवाददाता

बिएल संवाददाता

रुकुम (पूर्व)
News Image
• • •

रुकुम (पूर्व)मा श्रीमतीले श्रीमान्‌काे हत्या गरेकी छन्। 

सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले चिर्पटले हान्दा ज्यान गएको हो।

पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्‌लाई चिर्पटले टाउकामा हिर्काउदाँ ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए।

तर प्रहरीले आज बिहान मात्र घटनाबारे जानकारी पाइएको थियाे। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार प्रहरी घटनास्थलमा पुग्दा  मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगिरहेकाे थियाे। धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएकाे छ।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको  प्रनि गुरुङले जानकारी दिए।

 शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ।

बुधबार, असार १७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)