नयाँ पत्रिका दैनिक
झन्डै दुईतिहाइका साथ इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा पदबहाल गरेका केपी ओली अहिले आफ्नै दलमा पनि अल्पमतमा परेका छन् । सचिवालयका नौमध्ये ६ र स्थायी कमिटीका ४४ मध्ये ३० सदस्य विपक्षमा भएकाले पार्टीले ओलीलाई राजीनामाका लागि निर्देशन दिने निश्चितप्रायः भएको छ । तर, पार्टी निर्देशन शिरोपर गरेर ओलीले राजीनामा देलान् ? वा उनले विकल्पको खोजी गर्लान् ? अहिलेको सबैभन्दा पेचिलो राजनीतिक प्रश्न यही हो ।
पाँच विकल्प
१-पार्टी निर्देशन पालना : पार्टी र सरकार सञ्चालनको कार्यशैलीका आधारमा ओली राजनीतिक रूपमा पहिले नै कमजोर थिए, अब अंकगणितमा पनि कमजोर देखिएका छन् । पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली प्रस्ट अल्पमतमा छन् । त्यस्तै, संसदीय दलमा पनि उनको बहुमत प्रस्ट पुगेको छैन । त्यसैले उनले पार्टी निर्णय मान्नुपर्ने अवस्था सिर्जना भएको छ । ओलीले राजीनामाभन्दा अघि सहमति, आत्माआलोचना, स्पष्टीकरणको प्रयास पनि गर्न सक्छन्, तर उनले यस्ता ‘लाइफलाइन’ पहिले नै प्रयोग गरेका छन् । यसपालि विवाद थप पेचिलो भएकाले आफू पनि भूमिकामा रहनेगरी ओलीले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई स्वीकार हुने कुनै ‘अफर’ ल्याउने सम्भावना अझै छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया