बिएल संवाददाता
शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवामा रहेको क्वारेन्टाइनलाई व्यवस्थित बनाउन माग गरिएको छ।
तीन दिनदेखि बिजुली बत्ती र झुल नहुँदा सुत्न निकै समस्या भएको क्वारेन्टाइनमा रहेका रमेश अधिकारीले जानकारी दिए।
विदेशबाट आएका पाँचसहित काठमाडौँ उपत्यका बाहिरबाट आएका पाँच जना गरी १० जना सो क्वारेन्टाइनमा रहँदै आएका छन्। उनीहरुले अहिलेसम्म स्वास्थ्यकर्मी जाँच गर्नसमेत नआएको जनाउँदै पिसिआर परीक्षण गर्न माग गरेका हुन्।
उनीहरुले विदेशबाट आएको दुई साता हुनलाग्दा समेत स्वास्थ्य परीक्षण नभएको र विनापरीक्षण घर पठाउन लागिएको गुनासो गरेका छन्।
बत्ती नहुँदा सम्र्पकविहीन हुनुपरेको समस्या त छँदैछ, विनापरीक्षण घर पठाउन लागिएकामा उनीहरु थप चिन्तित छन्। उनीहरुले आफ्नै खर्चमा परीक्षण गराउने व्यवस्था मिलाइदिन नगरपालिकासंँग आग्रहसमेत गरेका छन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया