बिहिबार, २६ नोभेम्बर २०२६

कोलकातामा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई नेपाल झिकाइँदै

News Image
• • •

मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी घटनामा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

२ पूर्वमन्त्रीसहित ७ जना पक्राउ परेपछि फरार रहेका अर्याललाई भारतको कोलकाताबाट पक्राउ परेका प्रहरी उच्च स्रोतले बतायो। उनलाई भारतबाट नेपाल झिकाइन लागिएको प्रहरीले बतायो।

अर्यालविरुद्ध यसअघि नै पक्राउपूर्जी जारी भइसकेको थियो। 

मुख्यसचिव बन्नुअघि अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए। उनी मन्त्रालयको सचिव हुँदा नेपाली श्रमिकबाट ठगिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनको संलग्नता रहेको आरोपमा अनुसन्धान भइरहेको छ।

मलेसिया जाने करिब सात लाख नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त शुल्क असुली गरिएको र सो प्रणालीलाई निरन्तरता दिन सरकारी अधिकारीहरूले सहजीकरण गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!