१४ वर्षीया बालिकालाई बिहेको प्रलोभनमा पारेर बलात्कार गर्ने युवक पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतमा एक युवक  पक्राउ परेका छन्।

बालिकालाई विवाह गर्ने भन्दै प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको आरोपमा बर्दियाको गुलरिया नगरपालिका २, पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

खड्काले यही असार १५ गते पर्वतको कुश्मा नगरपालिका ६, कुश्माबजारको एक होटलमा बालिकालाई बलात्कार गरेको गरेकाे खुल्नमा आएकाे छ। 

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार असार १२ गतेदेखि घरबाट निस्किएर सम्पर्कविहीन भएकी बालिकालाई सोधखोज गर्दा घटनाक्रम पत्ता लागेपछि परिवारले १६ गते प्रहरीमा खबर गरेकी हुन्। 

घटनाको जानकारी पाएलगत्तै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए। 

उनका अनुसार खड्काविरुद्ध सरकारी वकिल कार्यालय पर्वतमार्फत् जबर्जस्ती करणी मुद्दामा पर्वत जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
 

प्रकाशित मिति: : 2020-07-03 19:11:14

प्रतिकृया दिनुहोस्