बिहिबार, २१ अगस्ट २०२५

धनगढीकाे बेली जंगलमा दुई युवती मृत भेटिए

News Image
• • •

धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवती मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले धनगढी ७ कै १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव  शनिबार भेटिएको जानकारी दिए।

युवती मृत भेटिएको स्थानमा सेल्फास नामक विषादी फेलापरेकाले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।

उनीहरु सँगै बस्दै आएको खुलेको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
 
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शनिबार, असार २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)