बिएल संवाददाता
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन्। आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पूर्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ।
नहरको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डुडुवा गाउँपालिका-५ कम्दीका किसान मानबहादुर मगरले बताए। “सधैँ रोपाइँ गर्ने बेला आकाशे पानीको भर पर्नुपर्थ्यो, अहिले सिक्टाको पानी आएपछि खेती किसानीमा धेरै सजिलो भएको छ”, उनले भने।
सिक्टाको पानी खेतबारीमा पुगेपछि कम्दी गाउँका किसानले तरकारी खेती गरेर नगद आर्जन गर्न थालेको डुडुवा-५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताए। “सिक्टाको पानी आएपछि अहिले किसानले आलु, गोभी र सागलगायत तरकारी खेतीबाट पनि आम्दानी गर्न सफल भएका छन्”, उनले भने, “सिक्टाको पानी खेतमा पुगेपछि समयमै खेती किसानी गर्न पाउँदा किसान खुशी भएका छन्।”
आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहरको जेठी नालासम्म र पूर्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत् किसानको खेतबारीमा पानी पुगेको बताए। अहिलेको अवस्थामा पश्चिमी मूल नहरअन्तर्गत् डुडुवाको पुरानो नहर र केही नालामा राखेर १५ हजार हेक्टर र पूर्वी नहरअन्तर्गत राजकुलो सिँचाइको पुरानो नहरमार्फत् एक हजार हेक्टर गरी १६ हजार हेक्टरलाई १२ महीना धानखेतीलाई सहजै सिँचाइ दिन सकिने आयोजना निर्देशक थापाले बताए। रासस
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया