आत्मघाती गोलले टोटेनह्याम विजयी

एजेन्सी

काठमाडाैं

टोटेनह्यामले इंग्लिस प्रिमियर लिगमा महत्वपुर्ण जित निकालेको छ। सोमबार राति भएको खेलमा टोटेनह्यामले एभर्टनमाथि १–० को झिनो जित निकालेको हो।

टोटेनह्यामकाे मैदानमा भएको खेलकाे पहिलो हाफमा मिचेल किन गरेको आत्मघाती गोल नै जितकाे लगि पर्याप्त बन्यो।

 उनले खेलको २४औं मिनेटमा आत्मघाती गोल गरेका थिए। प्रतिस्पर्धात्मक बनेको खेलमा ह्यारी केनको प्रहारलाई क्लोज रेन्जबाट मासन होल्गेटले बचाए। तर जियोभानी लो सेल्सोको प्रहार मिचेल किनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

जितसँगै टोटेनह्याम ३३ खेलबाट ४८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ। पराजित एभर्टन ४४ अंक जोडेर ११औं स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2020-07-07 06:27:46

प्रतिकृया दिनुहोस्