बिएल संवाददाता
काठमाडौं उपत्यकामा सुनचाँदी पसलका सटर फोरेर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। रातिको समयमा बोतल उठाउने व्यक्तिको हुलिया बनाई उपत्यकाका विभिन्न स्थानमा रहेका पसलबाट सुनचाँदी चोर्ने गरोहलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिए।
पक्राउ पर्नेहरुमा उदयपुरका ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ, उदयपुरकै ४९ वर्षीय विक्रम भन्ने जंगबहादुर माझी र महोत्तरीका ४५ वर्षीय बुद्धबहादुर माझी रहेका छन्।
उनीहरुले लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पबी ज्वेलर्सबाट एक किलो १ सय ५० ग्रामबराबरको सुनका गरगहना, ८ किलो ५ सय ६० ग्रामबराबरको चाँदीका गहना तथा नगदसमेत गरी पचासी लाख पचासी हजार ६ सय ४२ रुपैयाँ बराबरको गहना चोरी गरेकाे महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
घटना अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई पक्राउ गरेको थिए। त्यस्तै सोही घटनामा फरार रहेका प्रतिवादीहरुमध्ये विक्रम भन्ने जंगबहादुर माझीलाई असार २२ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको मप्रहरी उपरीक्षक कार्कीले बताए।
त्यस्तै सोही घटनामा संलग्न रहेका तीन जनाको खोजी भइरहेको छ। चोरी गरेका सामान गिरोहका मुख्य नाइके भारतीय मूलका रहेको र उनले सबै सामान बिक्री गरेर फरार रहेको प्रहरी उपरीक्षक कार्कीले बताए। उनीहरुले पसलभित्र रहेको सीसीटीभीको डीभीआरसमेत लगेका थिए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया