४८ वर्षे ताम्बे बने सीपीएलमा छनोट हुने पहिलो भारतीय खेलाडी

भारतका भेट्रान स्पीनर प्रविन ताम्बेले क्यारिबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्।

सोमबार राति भएको भर्चुअल ड्राफ्टबाट उनलाई ट्रिङआबो नाइट राइडर्सले अनुबन्ध गरेको हो।

सीपीएलमा अनुबन्ध हुने उनी पहिलो भारतीय खेलाडी हुन्।

सीपीएलमा छनोट भएपनि ४८ वर्षे ताम्बेले प्रतियोगिता खेल्न पाउने सम्भावना कम रहेको छ।

किनकि उनलाई प्रतियोगिता खेल्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नो अब्जेक्सन लेटर आवश्यक हुन्छ।

बीसीसीआईको नियम अनुसार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास नलिएका खेलाडीले अन्य विदेशी फ्रेन्चाइज लिग अनुमतिबिना खेल्न पाउँदैनन्।

गत संस्करणको टी-१० लिग ताम्बले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा नगरी खेलेका थिए। उनलाई अक्सनमा कलकत्ता नाइट राइडर्सले भारु २० लाखमा अनुबन्धन गरेको थियो।

तर ताम्बेलाई बीसीसीआईले नियम उल्लंघन गरेको भन्दै आइपीएलमा प्रतिबन्ध लगायाे। 

ताम्बेले सन् २०१३ देखि २०१६ सम्म ३३ आइपीएलका खेल खेलेका छन्। उनले तीन फरक टिम राजेस्थान रोयल्स, गुजरात लायन्स र सन्राइजर्स हैदराबादबाट आइपीएल खेलका छन्।

ताम्बेले ३३ खेलमा २८ विकेट लिन सफल भएका छन्।


 

प्रकाशित मिति: : 2020-07-07 17:08:47

प्रतिकृया दिनुहोस्