साँघुराे जितसहित चेल्सी तेस्रो स्थानमा

एजेन्सी

काठमाडाैं

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबा राति भएकाे खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ।

क्रिस्टलको मैदानमा भएकाे खेलमा चेल्सीले २-३ गोल अन्तरकाे जित निकालेकाे हाे।

चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे।

क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक/एक गोल फर्काए।

निकै प्रतिस्पर्धात्मक खेलको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो। 

खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता ०-२ को बन्यो। 

तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी १-२ ले अघि रह्यो।

खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १-३ को अग्रता दिलाए। 

त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी २-३ गोल अन्तरले बिजयी भयो। 

जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ। लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो।

चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ। एक खेल कम खेलेको लेष्टर ५८ अंक रहेको छ।

पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-08 05:57:27

प्रतिकृया दिनुहोस्