शुक्रबार, १५ अगस्ट २०२५

सिरियाको इडलिबमा कोरोनाको पहिलो संक्रमित फेला

News Image
• • •

युद्धग्रस्त सिरियाको इडलिब क्षेत्रमा कोरोनाको पहिलो संक्रमित फेला परेका छन्। 

शरणार्थीको बाक्लो उपस्थिति रहेको इडलिबमा काम गरिरहेको असिस्टेन्स कोअर्डिनेशन युनिट (एसीयू) का अनुसार बिहिबार यो क्षेत्रममा कोरोनाको पहिलो मुद्धा फेला परेको हो। 

यो टर्कीको सीमा नजिकै छ। एसीयूका अनुसार एक जना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको हो।

 उनी बाब–अल–हवा अस्पतालमा काम गर्छन। लक्षण देखिएपछि उनले आफूलाइ आइसोलेसनमा राखेको बताइएको छ। उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि टेस्ट हुने भएको छ।

शुक्रबार, असार २६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)