आज सुनको मुल्य कति?

साउन महिनाको पहिलो दिन सुनको मुल्य घटेको छ। बुधबार प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ९२ हजार ७ सय पुगेको छ।

त्यस्तै तेजावी सुनको मुल्य पनि १ सय रुपैयाँले घटेको छ । आज तेजावी सुनको मुल्य ९२ हजार २ सय ६० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ। मंगलबार तजावी सुनको मुल्य ९१ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मुल्य भने यथावत नै रहेको महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ५ रुपैयाँमा कारोबार भएको छ।

साउन महिनामा सुनको मुल्य:

गते सुन (प्रति तोला)  तेजाबी सुन (प्रति तोला) चाँदी (प्रति तोला)
१. ९२ हजार ७०० ९२ हजार २६० १००५

कोरोनाका कारण चैत ११ गतेदेखि बन्द भएको सुनचाँदीको कारोवार जेष्ठ २५ गते बाट शुरु भएको थियो। सुनको मुल्य प्रति तोला ८७ हजार ४०० तय गरिएको सुन आज सम्म आइपुग्दा ५ हजार रुपैयाँले वृद्धि भएको छ। असारको पहिलो दिन प्रति तोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिनमा आइपुग्दा ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको थियो ।

असार महिनामा सुनको मुल्य:

गते सुन (प्रति तोला) तेजाबी सुन (प्रति तोला) चाँदी (प्रति तोला)
१. ८९ हजार ७०० ८९ हजार २६५ ९२५
२. ८९ हजार ७०० ८९ हजार २६५ ९२५
३. ८९ हजार ८०० ८९ हजार ३६५ ९३०
४. ८९ हजार ८०० ८९ हजार ३६५ ९३५
५. ८९ हजार ९०० ८९ हजार ४६० ९३०
६.      
७. ९० हजार ६०० ९० हजार १६० ९४०
८. ९१ हजार ९० हजार ५६५ ९५०
९. ९० हजार ६०० ९० हजार १६० ९४०
१०. ९१ हजार १०० ९० हजार ६६५ ९४५
११. ९१ हजार १०० ९० हजार ६६५ ९३५
१२. ९० हजार ६०० ९० हजार १६० ९४०
१३.      
१४. ९१ हजार ३०० ९० हजार ८६० ९४५
१५. ९१ हजार ३०० ९० हजार ८६० ९४५
१६. ९१ हजार २०० ९० हजार ७६५ ९४५
१७. ९१ हजार ७०० ९१ हजार २६५ ९६०
१८. ९१ हजार ९० हजार ५६५ ९५०
१९. ९० हजार ५०० ९० हजार ६५ ९४०
२०.      
२१. ९० हजार ५०० ९० हजार ६५ ९४०
२२. ९० हजार २०० ८९ हजार ७६० ९४०
२३. ९० हजार ९०० ९० हजार ४६० ९५०
२४. ९१ हजार ५०० ९१ हजार ६० ९५५
२५. ९२ हजार ४०० ९१ हजार ९६५ ९८०
२६. ९२ हजार २०० ९१ हजार ७६० ९८०
२७.      
२८. ९२ हजार १०० ९१ हजार ६६० ९८०
२९. ९२ हजार ३०० ९१ हजार ८६५ ९९०
३०. ९२ हजार २०० ९१ हजार ७६० ९९५
३१. ९२ हजार ८०० ९२ हजार ३६० १००५
प्रकाशित मिति: : 2020-07-16 11:59:41

प्रतिकृया दिनुहोस्