कुसुम गौतम
जिन्दगीको यात्रामा घटेका
अतीतका तीता र मीठा पलहरु
सङ्गालेर राखेकी छु
मनको सङ्लो प्रवाहमा
सम्झनाका लहरहरुसंगै
अनायासै पछ्याउँ छु
तिम्रा पाइलाहरुलाई
प्रतिक्षाको अन्तिम समय सम्म
आँखाहरुमा आशाको दियो बालेर।
म उही चौतारीमा
सुकेका पत्ताहरु पन्छाउँदै छु
हाम्रो रमाइलो पनका
रेखाङ्कित छविहरु खोज्दै
जब हाम्रो मिलनमा
ब्यथाहरु बल्झिन्छन्
अनि यहाँ फेरि पनि
सृजनाका केही नयाँ गीतहरु रचिनेछन्
भन्छन्..........
"पिडाहरु जब बेदनामा परिवर्तन हुन्छन्
अनि ढुक्ढुकीका स्वरहरु नै
गीत बनेर गुञ्जिन् छ रे "।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया