बेन स्टोक्स अलराउन्डरतर्फ शीर्षस्थानमा

एजेन्सी

काठमाडाैं

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टेष्ट वरियतामा इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले अलराउन्डरतर्फ शीर्षस्थानमा उक्लिएका छन्।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरलाई पछि पार्दै स्टोक्स ४ सय ९७ रेटिङ अंकका साथ शीर्ष स्थानमा उक्लिएका हुन्।

यता दोस्रो स्थानमा रहेका होल्डरको ४ सय ५९ रेटिङ रहेको छ। ब्याटिङमा पनि स्टोक्स नयाँ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्। 

यसअघि उनी अलराउन्डरतर्फ दोस्रो र ब्याटिङमा दशौं स्थानमा थिए।

स्टोक्स भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा एक स्थान तल छन्। कोहली दोस्रो र अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ शीर्षस्थानमा छन्। 

अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुसेन चौथो स्थानमा पुगेका छन्। 

बलिङमा इंग्ल्यान्डका स्टुअर्ट ब्रोड दशौं नम्बरमा उक्लिएका छन्। 

प्रकाशित मिति: : 2020-07-21 16:21:52

प्रतिकृया दिनुहोस्