वीरगंजमा कोरोना संक्रमित बढ्दो 

वीरगंजमा पछिल्लो एक सातादेखि कोरोना पोजेटिभहरुको क्रम बढदै गएको छ।

भारत तथा विदेशबाट आएर क्वारेन्टाइनमा बसेका मात्र नभई आफैं पैसा तिरेर कोरोना जाँच गराउनेहरुमा पनि धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ।

सोमवार पैसा तिरेर नारायणी अस्पतालमा स्वाब संकलन गराएका ६ जना र ३ जना कन्ट्याक्ट ट्रेसिङ गरी मंगलवार ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पताल पिसिआर रिपोर्टको अनुसार २ जना बाराका छन् भने ७ जना पर्साका रहेका छन्। ९ जना मध्ये एक जना मात्र बारा,प्रसौनी–४ खुटवा जब्दीका ३० वर्षिय युवक रहेका छन्।

बारा,सिम्रौनगढ नगरपालिका वडा नं ८ कचोरवा घर भई हाल वीरगंज–७ रामटोलमा डेरा लिई बस्दै आएका एवं बारा,परवानीपुर गाउँपालिका ५ स्थित मारुती फर्मास्यूटिक्लसमा कार्यरत २९ वर्षिय मजदुर रहेका छन्।

त्यसैगरी,थप दुई जना पनि मारुती फर्मास्यूटिकक्लस प्रालिकै २२ वर्षिय र ५५ वर्षिय मदजुरहरुमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल ल्याब स्रोतले जनाएको छ।

२२ वर्षिय युवकको घर बारा,परवानीपुर गापा ५ बहुअरी हो भने ५५ वर्षिय मजदुरको घर पर्सा,निचुटा ५ हो। वीरगंज १२ राधेमाईका ३१ वर्षिय युवक,वीरगंज २१ लिपनीतिर्वा (परवानीपुर)का ३५ वर्षिय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी,वीरगंज विर्तामा रहेको एडभान्स हस्पिटलमा उपचाररत वीरगंज ५जेलरोडका ४७ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उक्त हस्पिटलमा छुटै क्याबिन लिएर उनको उपचार भइरहेको छ। 

त्यस्तै वीरगंज ३१ चोर्नीस्थित(जीतपुर केराढोका) सञ्चालनमा रहेको जगदम्बा ईन्टरप्राइजेज प्रालि उद्योगका ५६ वर्षिय प्रमुख कार्यकारी अधिृकत(सिइओ)मा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। 

बाराका संक्रमितलाई बारा पठाउने र पर्साका संक्रमितलाई गण्डक अस्थायी कोभिड अस्पताल वीरगंजमा ल्याउने काम भइरहेको जनाइएको छ। 

संक्रमित ओसारपसार गर्न वीरगंजमा एम्बुलेन्सको व्यवस्थापन तथा संकट व्यवस्थापन केन्द्र पर्साको टोली निस्कृय भएको हुदाँ समस्या भइरहेको बुभिएको छ।

प्रकाशित मिति: : 2020-07-22 10:21:53

प्रतिकृया दिनुहोस्