महिलाको ढाडमा कसको अधिकार ?

हिमाल खबर

काठमाडौं

"यो मेरो अमर्यादित ढाड, यसमा मेरै अधिकार।"

ट्वीटरमा सपना सञ्जीवनीले महिलाको लुगामाथि हुने अनावश्यक टिप्पणीको विरोधस्वरुप एउटा मिथिला पेन्टिङ राखेकी छन्, जसमा लेखिएकाे छ- यो मेरो अमर्यादित ढाड, यसमा मेरै अधिकार।

धादिङमा कार्यरत सरकारी कर्मचारीहरू कार्यालयको कामको सिलसिलामा मोटरसाइकलमा काठमाडौं आउँदा युवतीले लगाएकाे पहिरनकाे तस्वीर सामाजिक सञ्चालमा 'भाइरल' भएपछि सामाजिक सञ्जालमा महिलाको मर्यादा बारे विभिन्न टिप्पणी गरिए।  

महिलाको पहिरनलाई सामाजिक मर्यादासँग जोडिएपछि सामाजिक सञ्जालमा यसकाे विराेध हुन थालेकाे छ । विरोधमा कतिपय महिलाले खुला ढाड देखिएका, खुला ढाडमा विभिन्न नारा लेखिएका तस्वीरलाई प्रोफाइल फोटोसमेत बनाएका छन् । कतिले चित्रकला, उदगार लगायत असहमतिका विभिन्न शैली पछ्याएका छन्।

लेखक सावित्री गौतमले राखेको एउटा त्यस्तै तस्वीरमाथि लेखिएको छ, "मेरो ढाडले तिम्रो मर्यादाको ठेक्का लिएको छैन।" 

यसमा पत्रकार बबिता बस्नेतको भने फरक मत छ । उनले ट्वीटमा भनेकी छन्, "महिलाले शरीरभरि लुगा लगाउँदा पनि गाली खाने, नलगाउँदा पनि गाली खाने अचम्मको 'ट्रान्जिसन' मा रहेछौं हामी। पोशाक भन्ने कुरा आफूलाई जे सहज हुन्छ त्यो लाउने हो। तर तपाईं त्यो पोशाक लगाएर कहाँ जाँदै हुनुहुन्छ? भन्ने कुराले भने अर्थ राख्छ। औपचारिक र अनौपचारिक स्थान र पोशाक दुवैमा लागू हुन्छ।" 

प्रकाशित मिति: : 2020-07-23 00:19:43

प्रतिकृया दिनुहोस्