मङ्गलबार, ०५ अगस्ट २०२५

थाइल्याण्डमा ‘लकडाउन’ हटाउने योजना स्थगित, ३१ अगस्टसम्म बन्द गर्ने निर्णय

News Image
• • •

थाइल्याण्डले २९ जुनमा ‘लकडाउन’ हटाउने योजनालाई फेरि स्थगित गरेको छ। देशमा कोरोना भाइरसको प्रभाव बढ्ने सम्भावनाका बीच सरकारले फेरि ३१ अगस्टसम्म लकडाउनको सीमा बढाएको छ। 

थाइल्याण्डमा चौथो पल्ट ‘लकडाउन’ को घोषणा गरिएको हो। थाइल्याण्ड कोरोनालाई नियन्त्रणमा राख्ने देशको सूचीभित्र नै पर्छ। यहाँ ३ हजार २ सय ६१ संक्रमित भेटिएका थिए, जसमा ३ हजार १ सय ५ जनाले स्वास्थ्य लाभ गरिसकेका छन्। ५२ जनाको भने निधन भएको छ। थाइल्याण्डमा मार्च २२ सम्म कोरोना संक्रमणको संख्या उच्च थियो।

त्यतिबेला १ सय ८८ जनामा संक्रमण देखिएको थियो।

बिहिबार, श्रावण ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)