बिहिबार, १४ अगस्ट २०२५

जबरजस्ती करणी गरेर कपाल काटिदिएको आरोपमा एक जना पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

ताप्लेजुङ
News Image
• • •

युवतीलाई जबरजस्ती करणी गरेर कपाल काटिदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२० वर्षीया युवतीले उजूरी गरेपछि पाथिभरा याङवरक गाउँपालिकाका विमल कंलिवा लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिरिजङगा गाउँपालिका ३ स्थित चौतारामा बोलाएर कंलिवाले ती महिलालाई जबरजस्ती करणी गरी खुकुरीले कपाल काटिदिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

 जिल्ला अदालतबाट म्याद थप गरी उनीविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरीले बताएकाे छ ।

शनिबार, श्रावण १०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)