आइतबार, १७ अगस्ट २०२५

सुदूरपश्चिमका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

News Image
• • •

सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा   पछिल्लो २४ घण्टामा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ।

डोटीको आदर्श गाउँपालिकाका ७ का तीन पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको छ। कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ का दुई बर्षीया बालिकामा संक्रमण पुष्टि भएको छ। 

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार दुई सय ८९ पुगेको छ।

मंगलबार, श्रावण १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)