आइतबार, १७ अगस्ट २०२५

सीटीईभीटीकाे स्थगित परीक्षा भदौ दोस्रो साताबाट हुने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सीटीईभीटी)ले लकडाउनका कारण स्थगित परीक्षा भदौ दोस्रो साताबाट सुरु गर्ने भएको छ। 

सरकारले भदौ महिनादेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि आफूहरूले परीक्षाको तयारी गरेको सीटीईभीटीले जनाएको छ। 

सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिने मंगलबार जारी सूचनामा उल्लेख छ।

परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित हुने जनाइएको छ। सरकारले कोभिड–१९ महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण परीक्षा स्थगित गरेको थियो।
 

मंगलबार, श्रावण १३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)