इन्टरको सहज जित, नेपोलीको शीर्ष ६ मा पर्ने सम्भावना झिनो

एजेन्सी

काठमाडाैं

इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा नेपोलीमाथि सहज जित हात पारेको छ। घरेलु मैदानमा मंगलबार भएकाे खेलमा इन्टरले नेपोलीलाई २–१ ले हराएको हो।

गुइसिप्पे माज्जा मिलानोमा इन्टरको जितमा ड्यानिलो डि एम्ब्रोसियो र लोउटारो मार्टिनेजले गोल गरे। पहिलो र दोस्रो हाफमा समान एक/एक गोल भएको थियो।

खेलको ११औं मिनेटमा ड्यानिलो डि एम्ब्रोसियोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए। क्रिस्टियानो बिरागीको पासमा अनमार्क रहेका ड्यानिलोले गोल गर्न सफल भएका थिए।

७४औं मिनेटमा लोउटारो मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरलाई २–० काे जित दिलाए।

यो जितसँगै इन्टर मिलान दोस्रो स्थानमा यथावत रहेकाे छ। 

यता नेपोलीको शीर्ष ६ मा पर्ने सम्भावना झिनो बनेको छ। इन्टरको ३७ खेलबाट ७९ अंक पुगेको छ। 

इन्टरलाई एटलान्टाले पछ्याइरहेको छ। अब लिग चरणको अन्तिम खेलमा इन्टर र एटलान्टाबीच प्रतिस्पर्धा हुने छ।

 यही खेलबाट नै दोस्रो हुने टोलीको टुंगो लाग्नेछ। यता नेपोली ५९ अंक जोडेर सातौ स्थानमा रहेको छ। एक खेल कम खेलेको एसी मिलानको ६० अंक।

प्रकाशित मिति: : 2020-07-29 06:22:50

प्रतिकृया दिनुहोस्