
बिमला गुप्ता
पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा २ सय ७४ जनाको स्वाब पिसीआर परीक्षणको गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।
परीक्षणको क्रममा २ देखि ६५ वर्ष उमेर समुहका ३४ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ५ जना बालबालिका र १० जना महिला रहेको मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताए।
संक्रमित मध्ये वीरगञ्ज कारागार भित्र रहेका ६ जना कैदिबन्दी, ३ जना प्रहरी र २ जना कर्मचारी रहेका छन् भने नेपाली सेनाका १, नारायणी अस्पतालका १ चिकित्सक र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी अन्य संक्रमित मध्ये २० जना वीरगञ्जका रहेका छन्।
वीरगञ्ज महानगरपालीकाको १५ भिष्वाका ८, वडा नम्बर ४ बिर्ताका ११ , वडा नम्बर ५ कुम्हाल टोल तथा जेलरोडका ३ , वडा नम्बर २५ सिर्सीयाका ३ , वडा नम्बर ९,११,१२,३२ का एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसैगरी वीरगञ्ज १० आदर्शनगरमा कोरोना संक्रमित भई मृत्यु भएका श्यामसुन्दर बगरियाको निकटमा रहेकाहरुलाई कन्ट्रयाक्ट टे«सिङ्गको आधारमा परीक्षण गर्दा थप दुई जना संक्रमित भेटिएको डा.उपाध्यायले जानकारी दिए।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया