बिएल संवाददाता
कार्यालयमा भिडभाड हुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गर्ने सेवा प्रवाह स्थानीय तहअनुसार फरक फरक दिने भएको छ।
प्रशासनले स्थानीय तहका सेवाग्राहीका लागि छुट्टाछुट्टै सेवा दिने निर्धारण गरेको हो। नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी,नाबालिग परिचय पत्र, राहदानी, हातहतियार दर्ता नवीकरणलगायतका लागि स्थानीय तहअनुसार फरक फरक दिन छुट्याइएको छ।
काठमाडौं महानगरभित्र रहेका नागरिकले आइतबार, मंगलबार र बिहीबार सेवाहरु प्राप्त गर्नेछन्। स्थानीय तहलाई ६ समूहमा विभाजन गरी दिन तोकिएअनुसार कीर्तिपुर, नागार्जुन, चन्द्रागिरी नगरपालिका सर्वसाधारणका लागि सोमबार तोकिएको छ।
बुढानिलण्ठ, टोखा, कागेश्वरी, मनहरा नगरपालिकाका बासिन्दाका लागि बुधबार तोकिएको छ। गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका नागरिकलाई प्रशासनिक कार्यका लागि शुक्रबार छुट्याइएको छ।
संघ संस्था दर्ता सोमबार र बुधबार, संस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार हुने जनाइएको छ। पत्रपत्रिका दर्ता तथा विधान संशोधनको कार्य शुक्रबारमात्रै हुने भएको छ। प्रतिलिपि पत्राचार हरेक दिन दिउँसो ४ बजेपछि हुने भएको छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया