वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई काेराेना संक्रमण

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ। 

काम बिशेषले काठमाडाैं गएका मेयरलाई बाटोमा हल्का ज्वारो र घाँटीमा समस्या देखिएको थियो ।

लगतै उपचारकाे लागि मेडिसिटी अस्पतालमा पुगेपनि चेकजाँचकोलागि पीसीआर परीक्षण बिना उपचार नहुने भन्दै अस्पतालले फर्काएको थियो । 

उनले काेराेना परीक्षणका लागि बुधबार स्टार हस्पिटलमा स्वाब दिएका थिए।

बिहीबार आएको रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण देखिएको पुष्टि भएकाे हाे। हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा रहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए।

आफू नै कोरोनाको संक्रमणमा परेर आइसोलेसनमा बस्नु परेपछि आफ्नो सामाजिक संजालमार्फत वीरगञ्जवासीलाई सचेत रहन आग्रह गरेका छन्।

कोरोना नियन्त्रण अब स्थानीय सरकारको पहलले मात्र नहुने उनले जनाएका छन्।

सरावगीले वीरगञ्जमा कोरोना समुदायस्तरमा नै फैलिएको पनि दाबी गरेका छन्।

वीरगञ्जमा आजसम्म कूल १ सय ८५ संक्रमितहरु भेटिएका छन्। ती मध्ये ६२ जना गण्डक अस्पतालको आइसोलेशनमा रहेका छन्। 

प्रकाशित मिति: : 2020-07-30 20:55:57

प्रतिकृया दिनुहोस्