जिल्ला प्रहरी कार्यालय पर्साको हिरासत खाली गर्ने तयारी

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका थुनुवालाई सुरक्षित स्थानमा सार्ने र हिरासत कक्ष खाली गर्ने अभियानमा पर्सा प्रहरी जुटेको छ। 

केही समय अगाडि थुनामा रहेकामासमेत कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा थुनुवा व्यवस्थापनमा चुनौती देखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा अहिले ७३ जना थुनुवा छन्। जसमध्ये अवैध लागूऔषधका ४० जना, बलात्कार अभियोगका २ जना, ज्यान मार्ने उद्योगका १ जना, सार्वजनिक मुद्दाका ३ जना, अवैध हुण्डी कारोवारका २ जना, बैकिङ्ग कसुरका ३ जना, किर्तेका ३ जना, मानव वेचविखनका १ जना, अमानवीय व्यवहारका ४ जना, प्रहरीलाई घुस दिन खोज्ने तथा तस्करीका ४ जना छन्।

प्रहरी थुनुवामा रहेका  केही व्यक्तिलाई कोरोना पुष्टि भएसँगै हिरासत भित्र रहेका थुनुवाहरुलाई सुरक्षित स्थानमा सार्ने र हिरासत कक्ष खाली गर्ने अभियानमा पर्सा प्रहरी जुटेको प्रहरी उपरीक्षक गंगा पन्तले बिएल नेपाली सेवालाई जानकारी गराइन्।

उनले प्रहरी हिरासतमा रहेका थुनुवा मध्ये केहीलाई रुघाखोकी र ज्वरो आएपछि थप समस्या भएको बताइन्। केही सार्वजनिक लगायत सामान्य मुद्दाका व्यक्तिको मुद्दा टुङ्गयाईने समेत उनले जानकारी दिइन्।

प्रकाशित मिति: : 2020-08-05 10:40:19

प्रतिकृया दिनुहोस्