
बिएल संवाददाता
बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ। लगातार नयाँ कीर्तिमान बनाइरहेको छापावाल सुनको मूल्य बुधबार एकै पटक अघिल्लो दिनको तुलनामा १६ सय बढेर १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । महासंघका अनुुसार छापावाल सुन प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ, तेजावी १ लाख ९०० रुपैयाँ तथा चाँदी १ हजार २९५ रुपैयाँ तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।
हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव, कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रभन्दा सुन रोजाइमा पर्नु, बजेट मार्फत बढाइएको भन्सारदरका कारण पनि नेपाली बजारमा सुनको मूल्य बढ्नुको कारण रहेको जानकारहरु बताउँछन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया