बुधबार, २० अगस्ट २०२५

वीरगञ्जमा ३७ पुरुषसहित ४३ जनामा कोरोना संक्रमण

News Image
• • •

वीरगञ्जमा ३७ पुरुषसहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणमा बाराका दुई र पर्साका ४१ जनामा कोरोना संक्रमण देखिएको हो। 

पर्साका ४१ जना मध्ये ३९ जना वीरगञ्जमा बसोबास गर्ने गरेका छन्। 

संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समुहका रहेका छन्। संक्रमित हुनेमा नारायणी अस्पतालका एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङमा परेका महोत्तरी घर भई वीरगञ्जमा बस्ने ३७ वर्षीय डा.चण्डीप्रसाद गणका विभिन्न उमेर समुहका ११ जना नेपाली सेनाका सुरक्षाकर्मी रहेका छन्।

यता नेपाली कांग्रेसका ५६ वर्षीय नेता, वीरगञ्ज महानगर भित्रका एक माध्यमिक विद्यालयका ४७ वर्षीय प्रधानाध्यापक, वीरगञ्ज ८ गहवा घर भएका नेपाल इन्भेष्टमेन्ट बैंकका २८ वर्षीय कर्मचारी, लायन्स क्लब वीरगञ्जका दुई जना पदाधिकारीमा पनि कोरोना संक्रमण देखिएको छ।

पर्सा, पकहामैनपुर गाउँपालिका २ बस्ने  २७ वर्षीय र वीरगञ्ज ८ गहवा बस्ने २० वर्षीय लायन्स क्लबको पदाधिकारमिा कोरोना पुष्टि भएको हो।

त्यसैगरी, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीमा पनि कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

नारायणी अस्पतालमा डायलासिस गराउने वीरगञ्ज ८ गहवाकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, गण्डक अस्तपालमा उपचाररत वीरगञ्ज ४ विर्ताका ४० र ५० वर्षका दुई जना शंकास्पद पुरुष विरामीमा पनि कोरोना पुष्टि भएको छ।

नारायणी अस्पतालका दुई जना कर्मचारीमा पनि कारोना पुष्टि भएको छ। त्यसैगरी, पर्सा पटेर्वा सुगौलीका ३३ वर्षीय पुरुष,बारा, प्रसानै २ की ७३ वर्षीय महिला र देवताल गाउँपालकाकी २२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

बिहिबार, श्रावण २२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)