बिहिबार, १४ अगस्ट २०२५

जुम्लाको सुर्कीमा पहिरोले एक घर पुरियो

News Image
• • •

जुम्लाको सुर्कीमा पहिरोले एक घर पुरियो

जुम्लाको तातोपानी गाउँपालिका – ७ सुर्कीमा पहिरोले एक घर पुरिएको छ। लगातारको वर्षाले बुधबार बिहान घर पहिरोले पुरिएको हो। 

पहिराले रुपा रावतको घर पुरेको छ। घर पुरिदा पाँच लाख बराबरको क्षति भएको अस्थाई प्रहरी चौकी टोप्लाले जानकारी दिएको छ। 

पहिरो पीडित विपन्न भएकोले अहिले घरपरिवारको बिचल्ली भएको स्थानिय कालिबहादुर रावतले जानकारी दिए। 

‘पीडितलाई अहिले गाउँले मिलेर व्यवस्थापन गरिएको छ,‍‍‍’ उनले भने, ‘पीडित एकल महिला भएकोले पीडा झन् थपिएको छ।’

घर बनाएको एक वर्ष नबित्दै पहिरोले बगाएपछि कसरी बाँच्ने भन्ने पिरलो भएको पीडित रुपा रावतले बताएकी छन्।

शुक्रबार, श्रावण २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)