शनिबार, १६ अगस्ट २०२५

सिटी च्याम्पियन्स लिगकाे क्वाटरफाइनलमा, मड्रिडकाे यात्रा सकियाे

एजेन्सी

एजेन्सी

काठमाडाैं
News Image
• • •

म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शुक्रबार राति भएकाे खेलमा स्पेनिस रियल मड्रिडलाई २–१ गोल अन्तरले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो।

तर घरेलु मैदान ईतिहाद स्टेडियमम सिटीले समग्रमा ४–२ को नतिजा सहित सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

खेलको नवौं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले डिफेन्सले क्लियर गर्न नसकेको बलमा ग्याब्रियल जिससको पासमा गोल गरेका थिए।

तर खेलकाे २८ औं मिनेटमा करिम बेन्जिमाले हेड गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। रोड्रिग्वोको पासमा उनले हेडमार्फत  गाेल गरेका थिए।

यस्तै खेलकाे ६८ औँ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई २–१ काे जित दिलाए। 

सिटीले अब १५ अगष्टमा क्वाटरफाइनलमा लियोनसँग प्रतिस्पर्धा गर्नेछ। 

शनिबार, श्रावण २४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!