बिहिबार, १४ अगस्ट २०२५

भारतमा कोरोनाका कारण एक डाक्टरको निधन

News Image
• • •

भारतको मध्य प्रदेशस्थित भोपालका एक चिकित्सक डाक्टर महेन्द्र जैनको कोरोनाका कारण निधन भएको छ। उनी विगत १० दिनदेखि एम्स अस्पतालको भेन्टिलेटरमा थिए। मृतक जैन अवकास प्राप्त रेडियोलोजिस्ट भएको बताइएको छ। 

शनिबार भोपालमा एकै दिन कोरोनाको १ सय ५२ नयाँ संक्रमित भेटिएको दिन डाक्टर जैनको निधनले धेरैलाई स्तब्ध तुलाएको छ। भोपालको जेलमा पनि ११ जना कोरोनाका पोजेटिभ फेला परेका छन्। 

स्वास्थ्य विभागका सहायक निर्देशक डाक्टर पंकज शुक्लाले ६७ वर्षीय जैन आफूभन्दा सिनियर भएको बताए। दुई वर्षअघि उनी अवकास भएका थिए। उनको भाई डा आरके जैनका अनुसार सोमबार दाजुको स्वास्थ्य एक्कासी बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो।

शनिबार, श्रावण २४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)