
एजेन्सी
सामाजिक सञ्जाल ट्विटरले हालै मात्र ट्वीटमा रिप्लाइ गर्ने सम्बन्धी नयाँ फिचर सार्वजनिक गरेको छ। जसमा कति जनाले वा क–कसले रिप्लाइ दिन पाउने भन्ने प्रयोगकर्ताले निर्धारित गर्न सक्नेछन्। यो सबै ट्विटर प्रयोगकर्ताका लागि उपलब्ध छ जसमा तीन वटा अप्सन हुन्छ – सबैले रिप्लाइ गर्न पाउने, आफूलाई फलो गर्ने अकाउन्टले मात्र रिप्लाइ गर्न पाउने वा आफूले मेन्सन गरेको व्यक्तिले मात्र रिप्लाइ गर्न पाउने।
यसमा अन्त्यका दुई अप्सन छनोट गरेमा निर्धारित व्यक्तिबाहेक अन्य अकाउन्टले रिप्लाइ गर्न सक्ने छैनन् । वास्तवमा ट्विटरले यो फिचर गत मे महिनामै ल्याएको थियो तर त्यस समय यो केबल परीक्षणको चरणमा थियो ।
यसरी यो नयाँ फिचरले ट्विटर प्रयोगकर्तालाई आफूले चाहेको व्यक्तिसँग मात्र अन्तरक्रिया गर्ने अवसर दिलाइ अनावश्यक ट्विटको सामना गर्नु नपर्ने बनाइदिने विश्वास गरिएको छ। त्यसैगरी यसले अनलाइन ट्रोल र नराम्रा कमेन्टहरुलाई पनि सीमित गराउने आशा गरिएको छ ।
यसमा कुनैपनि ट्विट पोस्ट गर्नु अगाडि ट्वीटरले ‘हु क्यान रिप्लाइ’ अर्थात कस्ले रिप्लाइ गर्न पाउँछ भनेर प्रश्न गर्नेछ जसमा हामीले सबै, आफूलाई फलो गर्ने अकाउन्ट वा आफूले मेन्सन गरेको व्यक्ति मात्र मध्येमा कुनै एक चुन्न सक्छौँ । यसले ट्वीटर संवादलाई अर्थपूर्ण बनाउने र प्रयोगकर्ताहरुले पनि सुरक्षित महसुस गर्ने कम्पनीले बताएको हो ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया