प्रहरी र स्वास्थ्यकर्मी आफैं असुरक्षित, ड्युटीमा हुँदैन सामाजिक दूरी

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
नेपालमा दिनप्रतिदिन कोरोना भाइरस संक्रमण बढिरहेको छ। सबै क्षेत्रतर्फ यसको जोखिम बढदै गएको छ। यतिखेर नेपालमा उच्चपदस्थ कर्मचारीदेखि तल्लो तहका कर्मचारीमा काेराेना पुष्टि भएको छ।

मुलुकभरका विभिन्न स्थानमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु कोरोनाबाट प्रताडित बन्दै गइरहेका छन्। सबैभन्दा बढी फ्रन्ट लाइनमा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा यसको जोखिम बढी देखिएको हो।

उनीहरु प्रत्यक्ष अगाडि गएर काम गरिरहेका छन्। संक्रमितको उपचारदेखि सर्वसाधारणको सम्पर्कमा रहने भएकोले उनीहरुमा जोखिम बढदै गएको हो। सुरक्षाकर्मी भीडभाडमा जाँदा वा मानिसलाई नियन्त्रण गर्दा उनीहरुमा संक्रमण फैलने उच्च सम्भावना रहेको छ।
 

प्रकाशित मिति: : 2020-08-15 15:47:39

प्रतिकृया दिनुहोस्