हुम्लाको ताजाकोटामा पहिरोको जोखिम : २० घर परिवारलाई सुरक्षित ठाउँमा सारियो

हुम्लाको ताजाकोट गाउँपालिका २ मा पहिरोको जोखिम रहेका २० घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । 

केही दिनको अविरल वर्षाका कारण पहिरोको जोखिमा बढेपछि २० घर परिवार रहेको बस्ती नै सारिएको हो ।  यस्तै वर्षाका कारण उतिसेनी, छप्प्रेला बजार, भदालदीपु, गल्लावाडा, खर्ररा देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलालामगडा गाउँमा बढी क्षति पुगेको छ ।

 अविरल वर्षाका कारण विस्थापित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरुलाई आइतबार प्रदेश सरकारले खाद्यान्न र टेन्टको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी  राजेशनाथ बस्तोलाले जानकारी दिए ।

दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा सुरक्षित स्थानमा सारिने लागिएको उनको भनाइ छ । मानवीय क्षति अहिलेसम्म नभएको पनि क्षति हुनबाट जोगाउन सबै पक्ष जुट्नुपर्ने देखिएको छ ।

 

प्रकाशित मिति: : 2020-08-15 22:51:47

प्रतिकृया दिनुहोस्