शुक्रबार, ०८ अगस्ट २०२५

पूर्व विश्व च्याम्पियन बक्सर सरिता देवीलाई कोरोना संक्रमण

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

भारतीय बक्सर तथा पूर्व विश्व च्याम्पियन सरिता देवीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ।

सोमबार सरिता देवीका श्रीमान थोबिया सिंहले आफूहरुलाई कोरोना भाइरस संक्रमण भएकाे जानकारी दिउका हुन्।

सरिता कोरोनाको संक्रमण देखिने दोस्रो भारतीय बक्सिङ खेलाडी हुन्।
 
यस अघि बक्सिङ लिजेण्ड डिङ्को सिंहलाई कोरोना देखिएको थियो।

एसियन गेम्समा स्वर्ण विजेता सिंह कोरोनाबाट मुक्त भइसकेका छन्।
 
यता सिंहले पनि दुवै जनालाई कोरोनाको कुनै लक्षण नभएको बताएका छन्। 

३८ वर्षीय सरिता सन् २००९ मा लाइटवेटमा विश्व च्याम्पियन बनेकी थिइन्। उनले एसियन गेम्समा कास्य जितेकी थिइन्।
 

मंगलबार, भाद्र ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)