बिहिबार, २८ अगस्ट २०२५

९६ वर्षीय भट्ट भन्छन्- ‘कोरोना सामान्य रुघाखोकी न हो’

News Image
• • •

बैतडीको सुर्नाया गाउँपालिका–३ मा जन्मिएका रघुनाथ भट्ट गत असारदेखि ९६ वर्षका भए। हैजा, दादुराजस्ता सरुवा रोगको महामारी झेलेका उनी कोरोनाबारे के भन्छन् ? उनीसँग अन्नपूर्ण पोस्ट्का शिवराज भट्टले गरेको कुराकानी :

 

कोरोनाबारे तपाईंलाई के थाहा छ ?

कोरोना प्रकृतिले दिएको रोग हो। अहिले हावापानी बिग्रियो। जसले जे पायो त्यही खान थाले। भोजनको राम्रो व्यवस्था भएन भने यस्ता महामारी बेला–बेला आइरहन्छन्।

तपाईंलाई कोरोनाबारे कसले भन्यो ?

मैले रेडियोमा सुनें। टीभीमा हेरें। तब मैले कोरोनाबारे थाहा पाएँ। परिवारका सदस्यले पनि कोरोनाबारे केही कुरा भनेका छन्। तर, मैले समाचार सुनेरै थाहा पाएको हुँ।

सरकारका मान्छे यसो गरौं, उसो गरौं भन्दै आएका छन् कि छैनन् ?

आएका छन्। बाहिर नघुम्नुस्। मास्क लगाउनुस्। हात धोएर मात्र घरभित्र पसौं भनिरहेका छन्। सरकारका मान्छेले भनेका कुरा मान्नुपर्‍यो। तर, हामीले मानिरहेका छैनौं।

शनिबार, भाद्र ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!